प्रधानसेनापतिसँग यूथ एक्सचेन्ज प्रोग्राममा सहभागीहरूको भेट

हिमाल प्रेस २५ फागुन २०८० १३:००
14
SHARES
प्रधानसेनापतिसँग यूथ एक्सचेन्ज प्रोग्राममा सहभागीहरूको भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका नेसनल क्याडेट कर्प (एनसीसी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन्। संयुक्त रूपमा भएको भेटघाटका अवसरमा भ्रमण दलका सदस्यहरूले यूथ एक्सचेन्ज प्रोग्रामका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गरेका थिए।

महाशिवरात्रि एवम् नेपाली सेना दिवसको अवसर पारेर आयोजित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन नेपाल आएका  भुटान र श्रीलङ्काका एनसीसी क्याडेटहरू विभिन्न गतिविधिहरूमा सहभागी भएका छन्।

२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल विभिन्न देशहरूमा सञ्चालित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुँदै आएको छ। २०५६ सालबाट नेपालमै यूथ एक्सचेन्ज प्रोग्राम आयोजना गर्न थालिएको छ।

यस कार्यक्रमअन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुरलगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन्।

यसपटक नेपाल भ्रमणमा आएका विभिन्न देशका क्याडेटहरूले काठमाडौँ उपत्यका लगायत नेपालको पर्यटकीय एवम् धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए। त्यसैगरी रथी, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशकलगायत यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी देशहरूका छात्र छात्राहरूको उपस्थिति थियो।

प्रकाशित: २५ फागुन २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =