प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयास-चारको अवलोकन

हिमाल प्रेस १२ फागुन २०८० १९:४५
14
SHARES
प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयास-चारको अवलोकन

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गरेका छन्।

सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तर्क्रिया गरे।

अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरु अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ सैनिक सहभागी छन्। अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =