गैरआवासीय नेपाली संघले भन्यो : नेम्वाङको निधन नेपालीका लागि अपूरणीय क्षति

हिमाल प्रेस २६ भदौ २०८० १७:२६
10
SHARES
गैरआवासीय नेपाली संघले भन्यो : नेम्वाङको निधन नेपालीका लागि अपूरणीय क्षति

काठमाडौँ- गैरआवासीय नेपाली संघले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको खबरले संघ अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएको छ। ‘विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसँग सदैव सद्भाव राख्ने, निकै शालिन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीलाई अपूरणीय क्षति पुर्‍याएको छ,’ संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गैरआवासीय नेपाली नागरिकताको मागलगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरणीय रहने संघले जनाएको छ।

संघले विज्ञप्तिमा भनेको छ, ‘भौतिक रुपमा हामीमाझ नरहे पनि उहाँको असल कर्म र योगदानलाई हामी सदा सम्झिरहने छौँ।’ संघले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रकाशित: २६ भदौ २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =