मतगणनाका लागि पौडेलका प्रतिनिधि लेखक, नेम्बाङका प्रतिनिधि बर्तौला

हिमाल प्रेस २५ फागुन २०७९ १५:०९
38
SHARES
मतगणनाका लागि पौडेलका प्रतिनिधि लेखक, नेम्बाङका प्रतिनिधि बर्तौला

काठमाडौँ- राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार मतगणना ३:३० बजेदेखि सुरु हुनेछ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्बाङ उम्मेदवार छन्।
मतदान सकिएसँगै दुवै उम्मेदवारले मतगणनाका लागि प्रतिनिधि तोकेका छन्। पौडेलले कांग्रेसका प्रमुख सचेतकलाई प्रतिनिधि तोकेका छन् भने नेम्बाङले महेश बर्तौलालाई तोकेका छन्। मतगणनामा एकएक जना प्रतिनिधिमात्रै बस्न पाउनेछन्।

निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मान्यता दिने, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति पनि भएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भएको हो।

 

प्रकाशित: २५ फागुन २०७९ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =