राष्ट्रपति मतगणना : पौडेलले ५६६ मत ल्याउँदा नेम्बाङको २६०

हिमाल प्रेस २५ फागुन २०७९ १६:५९
4
SHARES
राष्ट्रपति मतगणना  : पौडेलले ५६६ मत ल्याउँदा नेम्बाङको २६०

काठमाडौँ– राष्ट्रपतिका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना नतिजा सार्वजनिक गरिएको छ। जारी मत गणनामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले ५६६ मत ल्याउँदा सुवास नेम्बाङले २६० मत ल्याएका छन्।

पौडेलले प्रदेशतर्फ ३५२ मत ल्याएका छन् भने संघतर्फ २१४ मत पाएका छन्। यस्तै नेम्बाङले प्रदेशतर्फ १६२ मत पाउँदा संघमा ९८ मत पाएका छन्।

राष्ट्रपति निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानको गणना जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद्‌‌को ल्होत्से हलमा भएको मतदान सकिएपछि मतगणना सुरु भएको हो। प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयले आजै नतिजा सार्वजनिक हुने जनाएको छ।

निर्वाचन आयोगका अनुसार अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरेका छन्। संघीय संसद्का ३३१ सांसदमध्ये ३१३ ले मतदान गरेका छन्। राप्रपाका १४ जना सांसद मतदानमा अनुपस्थित भए।

प्रकाशित: २५ फागुन २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =