नयाँ जसपाका जनप्रतिनिधिको थालियो सनाखत

हिमाल प्रेस २५ वैशाख २०८१ ११:१८
10
SHARES
नयाँ जसपाका जनप्रतिनिधिको थालियो सनाखत

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया थालेको छ।

आयोगले मंगलबार सूचना जारी गरी जसपा नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) को गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिको सनाखत गर्न सुरु गरेको हो।

जनप्रतिनिधिले जेठ १३ गतेसम्म प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि उपस्थित हुन पर्नेछ।

प्रकाशित: २५ वैशाख २०८१ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =