सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान नै सुरु

हिमाल प्रेस २५ वैशाख २०८१ १०:११
292
SHARES
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान नै सुरु प्रतिनिधिमूलक तस्बिर

काठमाडाैँ- सिरहा नगरपालिकाले पालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान नै सुरु गरेको छ।

पालिकाले विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम सुरुआत गरेकाे हाे।

बालमैत्री, खेलमैत्री, पर्यावरणमैत्री विद्यालय बनाउने, विद्यालयमा मन्टेश्वरी वतावरण सिर्जना गर्ने र विद्यार्थीलाई वर्षमा दुईपटक निःशुल्क स्वास्थ्य जाँच गराउने अभियान रहेकाे नगरपालिकाकाे भनाइ छ।

अभियानअन्तर्गत ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आइतबार सिरहा नगरपालिका–६ मा अवस्थित श्री आधारभूत विद्यालय बसपिट्टामा वडा कार्यालयले कक्षा पाँचसम्मका ३८६ विद्यार्थीलाई पोसाक वितरण गरेको छ।

भर्ना अभियानलाई सार्थकता दिन नगरपालिकाले सक्रियता बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए। उनी भन्छन्,‘सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रुपमा शिक्षित हुन्छ। त्यसैले तीनै तहका सरकारले सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भीर हुनुपर्ने समय आएको छ।’

प्रकाशित: २५ वैशाख २०८१ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =