राष्ट्रपति पदका दुई उम्मेदवार पौडेल र नेम्बाङको हार्दिकता [फोटो फिचर]

दिपेश श्रेष्ठ २५ फागुन २०७९ ११:०३
40
SHARES
राष्ट्रपति पदका दुई उम्मेदवार पौडेल र नेम्बाङको हार्दिकता [फोटो फिचर] राष्ट्रपतिमा मतदान हुनुअघि रामचन्द्र पौडेल र सुवास नेम्बाङ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी भइरहेको छ मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।

दुई केन्द्रबाट मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन्। राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ। पहिलो मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले खसालेका छन्। त्यस्तै अर्का उम्मेदवार सुवास नेम्बाङले पनि मतदान गरिसकेका छन्। दुई उम्मेदवारबीच मतदान स्थलमै भेट पनि भएको छ। उनीहरूले एक अर्कालाई शुभकामना पनि दिए। अंकमाल गरे।

राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलसहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता छन्।

प्रकाशित: २५ फागुन २०७९ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =