पेप्सीकोला दुर्घटना : २ जनाको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८० १२:०४
20
SHARES
पेप्सीकोला दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये २ जनाको मृत्यु भएको छ।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ : ३० बजे आपसमा ठोकिँदा दुर्घटना भएको थियो।

दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन्। दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

काठमाडौँमा ४ सवारीसाधन जुध्दा १४ जना घाइते

प्रकाशित: १७ भदौ २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =