काठमाडौँमा ४ सवारीसाधन जुध्दा १४ जना घाइते

हिमाल प्रेस १७ भदौ २०८० ९:४६
22
SHARES
काठमाडौँमा ४ सवारीसाधन जुध्दा १४ जना घाइते

काठमाडौँ- आइतबार बिहान ४ वटा सवारीसाधन एकआपसमा जुध्दा १४ जना घाइते भएका छन्। बिहान करिब साढे ७ बजे काठमाडौँ-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा सवारी दुर्घटना भएको हो।

जडिबुटीदेखि पेप्सिकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आपसमा ठोकिएका थिए।

त्यसपछि बा प्र ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा प्र ०२-०४१ प ४८३८ नम्बरको एफजेडसहित ठोकिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइतेमध्ये पेप्सिकोलास्थित मदल्यान्ड अस्पतालमा ८ जना र नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। घाइते हुनेमा १० जना पुरुष तथा ४ जना महिला रहेका छन्। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८० ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =