काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो।
चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारी जाँच तीव्र बनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
काठमाडौँ प्रहरीले मंगलबार ५२ र सोमबार २५ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
प्रकाशित: २५ कार्तिक २०८३ १७:०८ | Wednesday, November 11, 2026
प्रतिक्रिया



