मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

हिमाल प्रेस ३२ साउन २०८० १९:५४
4
SHARES
मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

मकवानपुर- मकवानपुरको राक्सिराङमा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ  राप्ती नगरपालिका-१२, दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

राक्सिराङ-७, काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेटिएको हो। खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ-७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए।

‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मंगलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो,’ वडाध्यक्ष प्रजाले भने। बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको  उनले बताए। -रासस

प्रकाशित: ३२ साउन २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =