सय किलो सुन प्रकरण छानबिन समिति नबनेसम्म विरोध जारी रहन्छ : एमाले

हिमाल प्रेस २३ साउन २०८० १६:२९
12
SHARES
सय किलो सुन प्रकरण छानबिन समिति नबनेसम्म विरोध जारी रहन्छ : एमाले फाइल तस्बिर

काठमाडौँ- निरन्तर अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुरु भएको छ। सय किलो सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दै आइरहेको थियो। आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएसँगै आजको बैठक सुरु भएको हो। तर एमालेले छानबिन समिति गठन नभए संसद् चल्न नदिने फेरि पनि दोहोर्‍याएको छ।

‘सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिन्छ’, एमालेका सांसद योगेश भट्टराईले भने, ‘होइन भने छानबिन समिति नबनेसम्म हाम्रो विरोध जारी रहन्छ। हाम्रो पार्टीले संसदमा कुरा उठायो। त्यसमा प्रतिपक्ष दलका सबै दलहरू रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ। राप्रपाका माननीयहरूले ध्यानाकर्षण जनाइराख्नुभएको छ।’ एमालेले छानबिन समितिको विषयमा राष्ट्रिय सहमति भइसकेको दाबी पनि गरेको छ।

बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे।

‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले भने, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?

प्रकाशित: २३ साउन २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =