भन्सार कार्यालय स्थापना गर्न कांग्रेस नेता लेखकले गराए अर्थमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस २१ साउन २०८० २०:१२
6
SHARES
भन्सार कार्यालय स्थापना गर्न कांग्रेस नेता लेखकले गराए अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- कञ्चनपुरको बेलौरीमा पुरानो छोटी भन्सार पुनर्स्थापना र दोधरा चाँदनीमा भन्सार कार्यालय स्थापना गर्न कांग्रेस नेता रमेश लेखकले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएका छन्।

आइतबार मन्त्री महतलाई भेट्दै कांग्रेस सचेतकसमेत रहेका लेखकले बेलौरीको पुरानो छोटी भन्सार पुनर्स्थापना र कञ्चनपुर भन्सार कार्यालयको शाखा दोधरा चाँदनीमा पनि स्थापना गर्न ध्यानाकर्षण गराएका हुन्।

उक्त दुवै ठाउँमा भन्सार स्थापना कार्यालय स्थापना गरी आयात व्यवस्थित बनाउन सकेमा सरकारी राजस्व बढ्ने भन्दै लेखकले भन्सार कार्यालय स्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। मन्त्री महतको ध्यानाकर्षण गराउन कञ्चनपुर जिल्लाका काग्रेस सभापति पदम बोगटी, जिल्ला सचिव भीम भट्ट, महाधिवेशन प्रतिनिधि हरेन्द्र बिस्टलगायत सहभागी थिए।

प्रकाशित: २१ साउन २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =