धुलिखेलदेखि रत्नपार्कसम्म द्रुत बससेवा सञ्चालन गर्ने सरकारको तयारी

हिमाल प्रेस १६ साउन २०८० ७:३०
8
SHARES
धुलिखेलदेखि रत्नपार्कसम्म द्रुत बससेवा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन्।

एकीकृत सरकारी कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रममा उनले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए।

उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे। सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो।

मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे।

प्रकाशित: १६ साउन २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =