नारायगढ-बुटवल सडक विस्तार यसैवर्ष सम्पन्‍न गर्न भौतिकमन्त्री ज्वालाको निर्देशन

हिमाल प्रेस २७ चैत २०७९ २१:२८
8
SHARES
नारायगढ-बुटवल सडक विस्तार यसैवर्ष सम्पन्‍न गर्न भौतिकमन्त्री ज्वालाको निर्देशन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

नवलपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायगढ-बुटवल सडक विस्तारको काम थप भएको म्यादभित्र सक्नुपर्ने बताएका छन्। सोमबार सो सडकको अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्।

सडक विस्तारका लागि आर्थिक रूपमा कुनै पनि समस्या नभएको भन्दै सडक विस्तारको काम समयमै सक्नुपर्ने उनको भनाइ छ।

‘हामीले जनताका गुनासो पनि सुन्यौँ, तिनको पनि सम्बोधन हुन्छ, व्यवसायीका गुनासाहरू पनि सुन्छौँ, आर्थिक रूपमा केही समस्या छैन, अरू कुराहरू पनि समन्वय गर्छौं,’ सडक विस्तारका विषयमा देखिएका समस्याहरू समाधान गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने।

थप गरिएको म्यादभित्रै काम गराउने गरी सरकार लाग्ने भन्दै उनले आफूहरूको अर्जुनदृष्टि त्यसैमा रहेको उल्लेख गरे।

‘उहाँहरूले आफ्ना सम्झौताअनुसारको काम समयभित्र गर्छौं भनेर कमिटमेन्ट गर्नुपर्छ अरू सम्झौताहरू हुँदैन’, मन्त्री ज्वालाले भने,’सडक विस्तारको काम ढिला भइरहेको भन्ने गुनासो आएपछि यस सडकलाई हामीले पहिलो प्राथमिकतामा राखेर नजिकबाट हेर्नका लागि निरीक्षण गरेका हौं।’

सडक विस्तारको कामलाई समयमै सम्पन्न गर्नका लागि चुनौतीहरूलाई नजिकबाट बुझ्न पाएको उनले बताए।

‘सडक विस्तार गर्ने ठाउँमा बिजुलीका पोलहरू हटाइएका छैनन्, हटाइएको ठाउँमा तीव्र रूपमा काम भएको देखिएको छ’, उनले भने,’रूख कटान र व्यवस्थापनको काम अझै बाँकी रहेछ, समाधानको काम गर्नुपर्छ।’

एकपटक म्याद थप भएकाले कामको प्रगति कमजोर छ भन्ने कुरा पुष्टि भएको भन्दै उनले थपेको म्याद पनि अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘कतिपय ठाउँमा ब्ल्याक टप, ड्रेन, कन्स्ट्रक्सन, अक्सपाल्ट, पुल निर्माणको काम भइरहेको छ’, उनले भने, ‘ढिलो त भयो तर पछिल्लो समय काममा केही तीव्रता आएको छ।’

१ सय १४ किलोमिटर लामो सडक अनुगमनका क्रममा उनले विभिन्न १३ स्थानमा कामको प्रगतिबारे जानकारी लिँदै यस वर्षभित्र ५० प्रतिशत काम सकिनेमा आसावादी हुने ठाउँ देखिएको बताए। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =