सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्छ : यातायातमन्त्री

हिमाल प्रेस २१ पुष २०८० १६:०५
42
SHARES
सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्छ : यातायातमन्त्री

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइको काम छिट्टै अघि बढ्ने बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले छिट्टै ६ लाख कार्ड आउने टुंगो लागेकाले बताए।

दैनिक तीन हजार कार्ड छपाइ हुने उनको भनाइ छ। त्यस्तै मन्त्री ज्वालाले १६ लाख कार्डका लागि टेन्डर गरिएको भन्दै तीन,चार महिनामा कार्ड छपाइ सकिने बताए।

कार्यक्रममा मन्त्री ज्वालाले देशभरका सडकलाई धुलोरहीत बनाउने तयारी भइरहेको पनि बताए। सुरुङमार्ग, द्रुतमार्गलगायतका मार्गको निर्माणको कामले तीव्रता पाएको र सरकारको हस्तक्षेपले नै सकारात्मक नजिता देखिन थालेको दाबी गरे।

उनले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर लागु भएपनि तेलको मूल्यसँगमात्रै सम्बन्धित देखिएकाले सवारीसाधनको पाटपूर्जाका आधारमा भाडादर पुनरावलोकन गर्न लागेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =