एनसेलको ‘अनलिमिटेड भ्वाइस प्याक’ सार्वजनिक

हिमाल प्रेस ३ असार २०८० १६:४३
18
SHARES
एनसेलको ‘अनलिमिटेड भ्वाइस प्याक’ सार्वजनिक

काठमाडौँ- मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ‘अनलिमिटेड भ्वाइस प्याक’ सार्वजनिक गरेको छ। नयाँ योजनाअनुसार एनसेलका ग्राहकले कुनै पनि नेपाली मोबाइल नम्बरमा कल गर्न अनलिमिटेड भ्वाइस प्याक लिन सकिनेछ।

नेपालभित्र सबै नम्बरमा ‘अनलिमिटेड अल–नेटवर्क’ र ‘एनसेल’कै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याकहरू सार्वजनिक गरिएका कम्पनीले जानकारी दिएको छ।

ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई दृष्टिगत गर्दै ३ वटा अनलिमिटेड योजना ल्याएको कम्पनीले बताएको छ। एनसेलका प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने उक्त अनलिमिटेड टकटाइम प्याकहरू गत बिहिबार (जेठ ३२) देखि लागू भइसकेका छन्।

आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयसीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्ने कम्पनीको भनाइ छ।

‘एकदिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्,’ कमपनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त प्याकहरू लिन ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एष्ट्रिक्स ५ ह्यास डायल गरी प्याक लिन सकिनेछ। त्यसैगरी एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अननेट अनलिमिटेड टकटाइम करसहित ३० रुपैयाँमा सुचारु गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्न धेरै टकटाइम आवश्यकमा ७ दिनका लागि अन–नेट अनलिमिटेड प्याक लिन सकिने कम्पनीको भनाइ छ। उक्त प्याकको करसहित १५० रुपैयाँ पर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ३ असार २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =