एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज

हिमाल प्रेस २६ वैशाख २०८१ ८:१८
4
SHARES
एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज

ताप्लेजुङ- नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए। पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन्।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए। अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए।

प्रकाशित: २६ वैशाख २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =