च्याम्पियन्स लिग : बाहिरियो पीएसजी, फाइनल पुग्यो डर्टमण्ड

हिमाल प्रेस २६ वैशाख २०८१ ७:१०
10
SHARES
च्याम्पियन्स लिग : बाहिरियो पीएसजी, फाइनल पुग्यो डर्टमण्ड

काठमाडौँ- पेरिस सेन्ट जर्मान (पीएसजी)लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

पीएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमण्ड फाइनल प्रवेश गरेको हो।

पीएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमण्डका लागि खेलको एकमात्र गोल म्याट्स हुमेल्सले गरे।

जुलियन ब्रान्ड्टको कर्नर किकमा डिफेन्डर म्याट्स हुमेल्सले शक्तिशाली हेडर प्रहार गर्दै डर्टमुण्डलाई खेलमा अग्रता दिलाए। समग्रमा दुई गोलले पछि परेपछि घरेलु टोलीले राम्रो मौकाहरु सिर्जना गर्‍यो।

गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो। डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका थिए।

यी दुई टोली यसै सिजन एकै समूहमा रहेका थिए। दुई खेल मध्य एक खेल डर्टमण्डले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो।

डर्टमण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ। यी दुई टोली बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो। दोस्रो लेग भोलि हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =