पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता

हिमाल प्रेस ३ असार २०८० ८:३८
12
SHARES
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता

पाँचथर– गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हेवा-१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ-७ का दिल तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम-४ हेवाखोलाबाट एक जना रहेका छन्।

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिनुभयो। वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगाएको छ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जनाए। तमोर करिडोरको बेलीब्रिज बगाएको छ। याङ्वरक गाउँपालिका-३ र २ मा घर बगाएको स्थानीयले बताएका छन्।

यस्तै फालेलुङ गाउँपालिका-३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: ३ असार २०८० ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =