पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

हिमाल प्रेस १० वैशाख २०८१ ७:२२
8
SHARES
पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ- पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाउको छ।

मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड हुँदै झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको जिप आइतबार सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =