घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

हिमाल प्रेस २४ साउन २०८० १२:४४
2
SHARE
घरमा आगलागी हुँदा एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर

पाँचथर- पाँचथरको मिक्लाजुङ गाँउपालिका ७, लेखगाउँमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान खरको छानो भएको भान्सा घरमा आगलागी हुँदा ५५ वर्षीय सरिता राईको जलेर मृत्यु भएको हो।

आगलागी कसरी भयो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: २४ साउन २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =