चिम्टीका अग्निपीडितलाई राहत

हिमाल प्रेस २२ वैशाख २०८१ १०:५६
4
SHARES
चिम्टीका अग्निपीडितलाई राहत

सप्तरी- आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका-१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो।

नेपाल-भारतमैत्री संघले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुंगी, साडी, तन्ना, झुल, प्रदान गरेको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ। गत मंगलबार महादेवा गाउँपालिका-१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए।

प्रकाशित: २२ वैशाख २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =