वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

हिमाल प्रेस २२ वैशाख २०८१ १२:१३
14
SHARES
वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको टी-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

पाँच खेलको टी-२० सिरिजको अन्तिम खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

आजको खेलमा नेपाली टोलीमा चार परिवर्तन गरिएको छ।

गुल्सन झा, करण केसी, कमलसिंह ऐरी र ललितनारायण राजवंशीलाई आज बेञ्चमा राखिएको छ।

आज अभिनाश बोहोरा, सागर ढकाल, अनिल साह र सन्दीप जोरालाई खेलाइएको छ।

दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन्।

दुवै देशले विश्वकपको तयारीस्वरुप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी २० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो।

प्रकाशित: २२ वैशाख २०८१ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =