बजेट प्रणालीप्रति आपूर्तिमन्त्री रिजाल असन्तुष्ट

हिमाल प्रेस २३ जेठ २०८० १९:५४
4
SHARES
बजेट प्रणालीप्रति आपूर्तिमन्त्री रिजाल असन्तुष्ट फाइल तस्बिर।

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्ट देखिएका छन्। मंगलबार जनकपुरमा व्यवसायीहरूसँगको कुराकानीका क्रममा उनले बजेटप्रति सन्तुष्ट नरहेको संकेत गरेका हुन्।

बजेट परम्परागत प्रणालीमा आएको भन्दै उनले बजेट ल्याउने प्रणाली परिवर्नत गर्नुपर्ने बताएका हुन्। बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रहीआएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू खुसी हुन नसक्ने उनको भनाइ थियो।

त्यस्तै मन्त्री रिजालले व्यापार निजी क्षेत्रले नै गर्ने पनि बताए। सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने उनको भनाइ थियो। ‘ बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रहीआएको छ,’ उनले भने, ‘त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी हुन्छ न उद्योगपति सुखी रहन सक्छन्।’

प्रकाशित: २३ जेठ २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =