सहसचिव धनिरामको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति

हिमाल प्रेस १६ चैत २०८० १६:५९
40
SHARES
सहसचिव धनिरामको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति

काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणका लागि टिम बनाएको छ। अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी गराएका छन्। विषयगत मन्त्रालयहरूसँग समन्वय गरी बजेटका आवश्यक विषयमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित: १६ चैत २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =