सीटीइभीटीले दियो ६ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

हिमाल प्रेस १३ जेठ २०८० ८:३६
6
SHARES
सीटीइभीटीले दियो ६ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा सांकेतिक तस्बिर।

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले ६ सय ४० विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ।

परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित ६ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए।

उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई ३वर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि-डिप्लोमा तहमा १ सय ६० जना र ३ वर्षे डिप्लोमा/प्रमाण तहमा ४ सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ।

विद्यार्थीलाई निर्वाह भत्तावापत मासिक ३ हजार ५ सय, यातायात खर्चवापत प्रतिवर्ष १ हजार ५ सय र पोशाक खर्चवापत प्रतिवर्ष २ हजार ५ सयसमेत उपलब्ध गराइनेछ।

८० विद्यार्थीलाई ३ वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन्। डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए।

१८ महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ।

यस्तै ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ, बालीविज्ञान), जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर) इन्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इन्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ।

प्रकाशित: १३ जेठ २०८० ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =