सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म

हिमाल प्रेस ५ जेठ २०८० १७:४०
10
SHARES
सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म

काठमाडौँ- सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरिएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।

सरकारले अघि सारेको नीतिमा सरकारहरुबीचको दोहोरोपन अन्त्य गर्ने, कार्य विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्ने लगायतका नीति अघि सारिएको छ।

तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिने, कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिने, राष्ट्रिय समन्वय परिषद्लगायतका संरचनालाई क्रियाशील बनाइने छ, राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कुरामा तीनै तहको अपनत्व कायम रहने, राष्ट्रिय प्राथमिकता पूरा गर्न प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ५ जेठ २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =