कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

हिमाल प्रेस २५ जेठ २०८० २०:४४
4
SHARES
कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। कर्णाली प्रदेशसभाको बिहीबारको बैठकबाट प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव गरेका थिए।

प्रकाशित: २५ जेठ २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =