आईपीएल : कोलकातामाथि पन्जाबको सानदार जित

हिमाल प्रेस १५ वैशाख २०८१ ७:१२
20
SHARES
आईपीएल : कोलकातामाथि पन्जाबको सानदार जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) कोलकाता नाइट राइडर्ससँगको खेलमा पन्जाब किंग्स विजयी बनेको छ। शुक्रबार राति भएको खेलमा कोलकाताले प्रस्तुत गरेको २६२ रनको विशाल लक्ष्यलाई पन्जाबले दुई विकेटको क्षतिमा ८ बल अगावै पुर्‍याएको थियो।

पन्जाबले पावरप्लेमा ओपनर प्रभसिमरन सिंहलाई गुमाउन अघि पन्जाबले ९३ रन बनाइसकेको थियो। सिंहले मात्र २० बलमा ५४ रन बनाए । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए।

अर्का ओपनर जोनी बेयर्सटोले ४८ बलमा १ सय ८ रन बनाउँदै जितको आधार तय गरे। उनले ८ चौका र ९ छक्का हिर्काए । राइली रुसो १६ बलमा २६ रन बनाएर आउट भए पनि शशांक सिंहले २८ बलमा ६८ रन प्रहार गर्दै टोलीलाई शानदार जित दिलाए । सिंहले २ चौका र ८ छक्का हिर्काए । कोलकाताका लागि सुनिल नरेनले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनर फिल साल्टले सर्वाधिक ७५ तथा सुनिल नरेनले ७१ रनको योगदान दिए । उनीहरूले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, वेंकटेश ऐयरले ३९ रन, कप्तान श्रेयस ऐयरले २८ रन तथा आन्द्रे रसलले २४ रन बनाए । पन्जाबका लागि अर्शदीप सिहले २ तथा साम करन, हर्षल पटेल र राहुल चहरले १–१ विकेट लिए ।

प्रकाशित: १५ वैशाख २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =