कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

हिमाल प्रेस २१ चैत २०८० १९:०५
22
SHARES
कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

सुर्खेत- कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई प्रदेश प्रमुख परियारले आह्वान गरेका हुन्।

बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। दाबी पेस गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ।

केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोन्धन गर्दै पदबाट राजीनामा दिएका हुन्। संघमा सत्तासमीकरण फेरिएसँगै काँग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रकाशित: २१ चैत २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =