कर्णाली सरकारको मुख्यमन्त्री बने यामलाल कँडेल

हिमाल प्रेस २७ चैत २०८० १७:५५
20
SHARES
कर्णाली सरकारको मुख्यमन्त्री बने यामलाल कँडेल

काठमाडौँ– कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री बनाउन एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक जना सांसदले प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस भएसँगै प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्री पदमा नियुक्ति गरेका हुन्।

यहाँ सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाकाे विषय भने पेचिलो बन्दै गइरहेको छ। यसअघि यहाँ नेकपा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री थिए। तर केन्द्रको सत्तागठबन्धन फेरिएसँगै कर्णाली एमालेको भागमा पर्‍यो र चैत २१ गते उनले राजीनामा दिएसँगै कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्यो।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो। १० पुस २०७९ मा माओवादी–एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठीक एक वर्षपछि नेतृत्वसहित सरकारमा गएको हो। उतिबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए भने एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए। कँडेल प्रदेशसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र-२ (क)बाट निर्वाचित भएका थिए।

कर्णाली प्रदेश : एमाले कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

 

यामलालका लागि खुलेको ढोका

 

प्रकाशित: २७ चैत २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =