के हो क्यान्सर?

हिमाल प्रेस १५ वैशाख २०८१ ७:३९
26
SHARES
के हो क्यान्सर?

क्यान्सर एउटा यस्तो रोग हो, जो शरीरको कुनै पनि भागमा एक नयाँ, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरको लागि खतरनाक हुन्छ।

कोषहरू शरीरको सामान्य कोषहरूभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार, नाप र भित्री बनावट फरकफरक हुन्छ।

क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुको साथै शरीरको अरू भागमा पनि फैलिन सक्छ। क्यान्सर सरूवा रोग होइन । क्यान्सर जसलाई पनि हुन सक्ने रोग हो।

धनी, गरिब, अनपढ, पढेलेखेको, गाँउसहर, तराई रपहाडमा बस्ने मान्छेमा हुन सक्छ।

क्यान्सरलाई साधारणतया मासु पलाएको र रगतको क्यान्सर भनेर दुई भागमा बाँड्न सकिन्छ। क्यान्सर १०० भन्दा बढी किसिमका हुन्छन्। क्यान्सर रोगको विस्तृत अध्ययन गरिने चिकित्सा विज्ञानलाई अन्कोलोजी भनिन्छ।

क्यान्सरको बनावट तथा व्यवहार गंगटो सँग मिल्ने भएको हुनाले क्यान्सरलाई प्रायः गंगटो भनेर बुझिन्छ। गंगटो भन्दा खेरी एकदमै साह्रो तथा खस्रो, कडा जस्तो बनावट बुझिन्छ।

एक चोटी गंगटोले समाए पछि छुट्याउन क्यान्सर भएको गाँठो साह्रो तथा नजिकै तन्तुसँग टांसिएको हुन्छ।

प्रकाशित: १५ वैशाख २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =