मनाइयो विश्‍व क्यान्सर दिवस [तस्बिरमा हेर्नुस्]

हिमाल प्रेस २१ माघ २०७९ १७:५३
6
SHARES
मनाइयो विश्‍व क्यान्सर दिवस [तस्बिरमा हेर्नुस्]

काठमाडौँ– नेपालमा क्यान्सरसम्बन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाइएको छ। नेपाल क्यान्सर रिलिफ सोसाइटीले काठमाडौँमा शनिबार सचेतना र्‍यालरी सम्पन्न गरेको छ। विश्वव्यापी महामारीका रूपमा रहेको क्यान्सरविरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ।

यो वर्ष ‘हेरचाहमा हुने असमनताको अन्त्य गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ। नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रबीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताए।

अध्यक्ष श्रेष्ठले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नुपर्नेमा जोड दिए।

स्वास्थ्य उपचारको पहुँचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो। श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहे पनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भए पनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताएका छन्।

कार्यक्रममा नेपाल क्यान्सर सोसाइटीका बोर्ड सदस्यहरू, चिकित्सक, समाजसेवी, स्वास्थ्यकर्मी, विद्यार्थी, ॐ शान्तिका सदस्यहरूको सहभागिता रहेको थियो। धिमेबाजासहित भृकुटीमार्ग प्रदर्शनी मार्गबाट सुरु भएको प्रभातफेरी सहिदगेट, नयाँसडक, जुद्ध सालिक, रत्नपार्क, जमल हुँदै पुन भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो।

यसका साथै सोसाइटीको शाखा कार्यालयहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको सोसाइटीले जनाएको छ।

तस्बिरहरू- हिमाल प्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =