लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज शपथ लिँदै

हिमाल प्रेस १९ वैशाख २०८० ७:१२
2
SHARE
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज शपथ लिँदै

काठमाडौँ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदैछन्। गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो।

प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन्। अहिले बिना विभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन्।

 

 

प्रकाशित: १९ वैशाख २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =