प्रदेश स्थापनाको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा

हिमाल प्रेस २१ माघ २०८० ७:२४
10
SHARES
प्रदेश स्थापनाको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा

काठमाडौँ- लुम्बिनी प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसर सार्वजनिक बिदा दिइएको छ।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो। यस वर्ष दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय सरकारले गरेको हो।

जस अनुसार आइतबार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ। औपचारिक रूपमा दिवस मनाउन सरकारले सबै तयारी गरेको छ।

प्रदेश सरकारले स्थापना दिवसको दिन आइतबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।

 

प्रकाशित: २१ माघ २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =