लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हिमाल प्रेस २२ चैत २०८० १०:५७
4
SHARES
लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदैछन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै फागुन २३ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभाको बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ। सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन्।तर, प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना न्यून छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्।

प्रकाशित: २२ चैत २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =