पोखराको चाउथेमा बिजुली पसलको गोदाममा आगलागी हुँदा १ करोडको क्षति

हिमाल प्रेस २० वैशाख २०८१ ११:४०
8
SHARES
पोखराको चाउथेमा बिजुली पसलको गोदाममा आगलागी हुँदा  १ करोडको क्षति

पोखरा- पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।

पोखरा महानगरपालिका वडा १४, शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो घटनापछि स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको हो।

स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए। आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ।

आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ ।

ध्रुव मरासिनीकी पत्नी साङ्ग्रिलाले राति १० बजेर २५ मिनेटमा आगो लागेको खबर आएको बताइन्। आफ्नो श्रीसम्पत्ति जलेर क्षणभरमै खरानी भएपछि पसल संचालक ध्रुव मसासिनी बोल्न सकेका छैनन्।

प्रकाशित: २० वैशाख २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =