लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

हिमाल प्रेस २२ चैत २०८० १६:५५
10
SHARES
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन्।  प्रदेशसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच सहमति भएको छ। सत्ता साझेदार दलहरूबीच बिहीबार नयाँ सरकार गठनका लागि सहमति भएको हो।

नेकपा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

लुम्बिनीमा नयाँ गठबन्धनमा साना दल निर्णायक भएकाले एक स्वतन्त्र सासद खोजेर नयाँ गठबन्धनले सहमति गरेका हुन्।

दलहरूबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन्।

दलहरूबीच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरू सत्ता साझेदार दलहरूको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ। अन्तिम समयसम्म बहुमत पुर्याउने कसरतमा रहेका मुख्यमन्त्री चौधरी विफल भएका छन्। बहुमत नपुग्नेभएपछि उनले राजीनामा दिएका हुन्।

प्रकाशित: २२ चैत २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =