एक खेल बाँकी हुँदै वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज

हिमाल प्रेस २० वैशाख २०८१ १५:४९
22
SHARES
एक खेल बाँकी हुँदै वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज

काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्धको ट्वान्टी २० शृंखला आफ्नो पक्षमा पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा २८ रनको जित निकाल्यो। जितसँगै वेस्ट इन्डिज पाँच खेलको शृंखलमा ३-१ ले अगाडि बढेको छ। यसअघि नेपाल चार विकेट तथा वेस्ट इन्डिज १० र ७६ रनले विजयी भएका थिए।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनायो।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ तथा गुल्सन झा, सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन तथा अभिनाश बोहराले अविजित १७ रन बनाए।

वेस्ट इन्डिजकाका लागि म्यायु फोर्ड र हाइडेन वाल्सले समान तीन तथा फाबियन एलन र गुडाकेश मोतीले समान दुई विकेट लिए।पहिलो ओभरको दोस्रो बलमा म्याथ्यु फोर्डले ओपनर आसिफ शेखलाई रनको खाता पनि खोल्न नपाई बोल्ड गरे। नेपालले पाँचौ ओभरमा दुई कुशललाई गुमायो।

ओपनर कुशल भुर्तेललाई पाँचौं ओभरको पहिलो बलमा फाबियन एलनले बोल्ड गरे। उनी एक रनमा पेभेलियन फर्किए। सोही ओभरको पाँचौ बलमा कुशल मल्ललाई चार रनमा रोस्टन चेजबाट क्याच गराए।

१३औं ओभरको दोस्रो बलमा सन्दीप जोरालाई हाइडेन वाल्सले केसी कार्टीबाट क्याच गराए। सन्दीपले १९ रन बनाए। १४औं ओभरको तेस्रो बलमा रोहितकुमार पौडेल पेभेलियन फर्किए।

४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले ८२ रन बनाएका रोहितलाई वाल्सले म्याथ्यु फोर्डबाट क्याच गराए।१७औं ओभरको दोस्रो बलमा फोर्डले दीपेन्द्रसिंह ऐरीलाई १९ रनमा जोनसन चार्ल्सबाट क्याच गराए।

सोही ओभरको अन्तिम बलमा फोर्डले गुल्सन झालाई एलिक एथानाजबाट क्याच गराए। गुल्सनले पनि १९ रन बनाए। प्रतिश जिसी १८औं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए। उनलाई रनको खाता पनि खोल्न नदिइ वाल्सले गुडाकेश मोतीबाट क्याच गराए। २० औं ओभरको अन्तिम बलमा सोमपाल कामी १० रन बनाएर आउट भए। उनलाई गुडाकेश मोतीले जोसुवा बिसोपबाट क्याच गराए।

अन्तिम बलमा मोतीले ललितनाराण राजवंशीलाई विकेटकिपर आन्द्रे फ्लेचरबाट स्ट्याम्पिङ गराए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल तयार पार्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्काको मद्दले अविजित ८४ रन बनाए। यसैगरी जोनसन चार्ल्सले अर्धशतक प्रहार गर्दा फाबियन एलन ३३ रनमा अविजित रहे। फ्लेचरले दोस्रो विकेटका लागि चार्ल्ससँग ९२ र चौथो विकेटका लागि एनलसँग ८३ रनको साझेदारी गरे।

नेपालका लागि कुशल भुर्लेलले दुई र प्रतिश जिसीले एक विकेट लिए। प्रतिशले दोस्रो ओभरको पहिलो बलमा एलिक एथानाजलाईे सन्दिप जोराबाट क्याच गराए। उनले पाँच रन बनाए। अर्धशतक बनाएका जोनसन चार्ल्सलाई १०औं ओभरको अन्तिम बलमा कुशलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। चार्ल्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए।

१४औं ओभरको दोस्रो बलमा चार रन बनाएर खेलिरहेका कार्टीलाई कुशलले रोहितबाट क्याच गराए। शृंखलाको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ।

प्रकाशित: २० वैशाख २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =