लुम्बिनी मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

हिमाल प्रेस १४ वैशाख २०८० १८:४२
28
SHARES
लुम्बिनी मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

लुम्बिनी– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ जना र १ जना स्वतन्त्र सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ।

यसअघि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो। गिरी संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका थिए।

प्रकाशित: १४ वैशाख २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =