लगानी सम्मेलनमा चिनियाँ वर्चश्व

रमेश भारती १६ वैशाख २०८१ १४:५४
30
SHARES
लगानी सम्मेलनमा चिनियाँ वर्चश्व लगानी सम्मेलनको उद्घाटन सत्र।

काठमाडौँ– लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको वर्चश्व देखिएको छ। आजदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता कम्पनी सहभागी छन्।

५५ देशका ५ सय ४६ वटा विदेशी लगानीकर्ता सम्मेलनमा सहभागी हुँदा २ सय ६५ वटा चिनियाँ लगानीकर्ता रहेको आयोजक लगानी बोर्ड नेपालले जनाएको छ। बोर्डका अनुसार लगानी सम्मेलनमा करिब ४ सय चिनियाँ प्रनितिधि सहभागी छन्।

लगानी सम्मेलनमा काठ उद्योगदेखि सिमेन्ट निर्माण कम्पनीका चिनियाँ लगानीकर्ता सहभागी छन्। भने, पानीदेखि रबर र स्टील कम्पनीका भारतीय लगानीकर्ता कम्पनीहरू लगानी सम्मेलनमा सहभागी भएको बोर्डले जनाएको छ।

चिनपछि लगानी सम्मेलनमा भारतका लगानीकर्ता धेरै सहभागी भएका छन्। भारतका १ सय ४३ जना लगानीकर्ता सम्मेलनमा सहभागी भएको बोर्डले जनाएको छ।

आजदेखि सुरु भएको लगानी सम्मेलनका चिनियाँ लगानीकर्ता कम्पनीहरू बढी सहभागी भएको नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए। उनका अनुसार लगानी सम्मेलनमा चिन र भारतीय लगानीकर्ताहरू बढी सहभागी भएका छन्।

यस पटकको लगानी सम्मेलनमा चिनियाँ र भारतीय लगानीकर्ताहरूको सहभागीता र चासो बढीरहेको उनले बताए।

‘लगानी सम्मेलन अहिले चलिरहेको छ। जसमा चिन र भारतका मात्र ६ सय जति लगानीकर्ता र यससँग सम्बन्धीत प्रनिनिधि सहभागी छन्,’ उनले भने, ‘लगानी सम्मेलनमा दुई छिमेकी देश भारत र चिनको बढी चासो देखियो। यो नेपालका लागि धेरै सकारात्मक हो। नेपालले दुवै देशबाट ठुलो लगानी भित्रिने सम्भावना बढ्यो।’

सरकार समीकरण फेरिएसँगै नेपालमा चीनको भूराजनीतिक वर्चश्व बढ्न थालेको देखिए पनि लगानी सम्मेलनमा पनि उनीहरूको वर्चश्व रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

चिनले आफ्नो पुरानो योजना ‘बेल्ट एण्ट रोड इनिसिएटिभ (बीआरआई) कमजोर भएपछि त्यसैलाई प्रतिस्थापन गर्न थालेको छ। चिनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको प्रतिस्पर्धी अवधारणाका रुपमा नयाँ योजना ल्याउने तयारीमा छ। अहिले चिनले बीआरआईभन्दा पनि आर्थिक उन्नति हुने र दिगो विकास लक्ष्यसँग प्रतिस्पर्धीका लागि केही कार्यक्रम सुरु गर्ने तयारीमा छ।

चिनजस्तै भारतले पनि विश्वमा आफ्नो लगानी बढाउन योजना अघि सारेको छ। भारतले कृषि उत्पादनमा लगानीका लागि सम्भावित देशमा जोड दिँदै आएको छ। नेपालमा भइरहेको लगानी सम्मेलनमा भारतीय कृषि उत्पादक लगानीकर्ता कम्पनीहरू पनि सहभागी भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार नेपालमा भइरहेको लगानी सम्मेलनमा चिनियाँ कृषिका उत्पादक कम्पनीहरू पनि सहभागी छन्। लगानी सम्मेलनमा चिन र भारतका जति लगानीकर्ताहरू सहभागी भएका छन्। उनीहरूबाट लगानी सुरक्षीत गर्नतिर सरकार लाग्नुपर्ने अर्थविद् डा. विश्व पौडेल बताउँछन्। उनका अनुसार लगानी सम्मेलनमा भारतीय र चिनियाँ लगानीकर्ता लगानीको सम्भावना अध्यनन गर्न आएका हुन्।

लगानी सम्मेलनमा सरकारले प्रचार गरेजस्तो लगानीकर्ताहरूको सहभागी नदेखिएको उनले बताए। ‘लगानी सम्मेलनमा जति कम्पनीहरू सहभागी छन् उनीहरूसँग लगानीका लागि सरकारले यही बेला पहल गर्नुपर्छ। नत्र सम्मेलन सकिएपछि विगतमा जस्तो यति लगानी गर्छु भन्ने मात्र हुन्छ’ उनले भने।

लगानी सम्मेलनले भनेजति लगानी भित्र्याउन सकिएला कि भन्ने प्रश्न उठ्न थालेको उनको भनाइ छ। यस्तै, लगानी सम्मेलनमा संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३, जर्मनीका १०, दक्षिण कोरिया ९, अस्ट्रेलिया ९ र मलेसियाका नौ जना सहभागी रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताहरू सहभागी छन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जनाएको छ।

नौ खर्बको ५१ परियोजना प्रस्तुत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्दै लगानीका निम्ति नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरेका छन्। नेपाल लगानी सम्मेलन २०२४’को आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको जानकारी गराए।

नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको प्रधानमन्त्रीले बताए। ‘द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न नेपालले आह्वान गर्दैै आएको छ’ उनले भने।

प्रकाशित: १६ वैशाख २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =