लुम्बिनीमा नयाँ गठबन्धनमा समझदारी, मुख्यमन्त्री चाैधरी राजीनामा दिने तयारीमा

हिमाल प्रेस २२ चैत २०८० १५:४२
32
SHARES
लुम्बिनीमा नयाँ गठबन्धनमा समझदारी, मुख्यमन्त्री चाैधरी राजीनामा दिने तयारीमा

लुम्बिनी- लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच सहमति भएको छ। सत्तासाझेदार दलहरूबीच बिहीबार नयाँ सरकार गठनका लागि सहमति भएकाे हाे। नेकपा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले सहमतीपत्रमा हस्ताक्षर गरेका छन्। लुम्बिनीमा नयाँ गठबन्धनमा साना दल निर्णायक भएकाले एक स्वतन्त्र सासद खाेजेर नयाँ गठबन्धनले सहमती गरेका हुन्।

दलहरूबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने.क.पा. (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन्। दलहरूबीच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरू सत्ता साझेदार दलहरूको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ।

यसैविच अन्तिमसमयसम्म बहुमत पुर्याउने कसरतमा रहेका मुख्यमन्त्री डिल्लि चाैधरीले राजिनामा दिने तयारी गरेकाे बुझिएकाे छ।

मुख्यमन्त्री चौधरीले विहिबार (आज) दिउँसो ४ बजे संसद्‌मा विश्वासको मत लिने कार्यसूची थियो। त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि राजीनामा दिने तयारी गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ।

यहाँ कांग्रेसका २७ सांसद छन्। कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भए पनि विश्वासकाे मत पाउनका लागि आवश्यक सांसद सङ्ख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन्।

प्रकाशित: २२ चैत २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =