यस्तो छ ‘हरफ’ गीतको भिडियो

हिमाल प्रेस १२ वैशाख २०८० १३:३०
390
SHARES
यस्तो छ ‘हरफ’ गीतको भिडियो

काठमाडौँ- किशोर केसी निर्देशित ‘हरफ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो किरण भुसाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। किरण भुसालकै स्वर र संगीत संयोजन रहेको गीतमा यमन सुवेदीको शब्द छ।

गीतको भिडियोमा सरोज लामिछाने, युनिशा केसी, साकार महत, स्वकृर्ति ढुंगेल, तुफान थापा, निर्जला भोमी, श्रवण क्षेत्री, आनन्द गुप्ता, उद्दवप्रसाद नेपाल र विनायक टण्डनको अभिनय छ।

गीतको भिडियोले बुबाले आफ्नो छोरीलाई हुर्काउन गरेको संघर्षको कथा देखाउन खोजिएको छ। गीतको भिडियो नेप्क्यड्स र नाड्स प्रोडक्सन्सको सहकार्यमा निर्माण भएको छ।

युशब गौतमले छायांकन रहेको गीतको भिडियोलाई सुदीप पाण्डेयले सम्पादन गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =