सुरु भयो एमाले संसदीय दलको बैठक [फोटो फिचर]

दिपेश श्रेष्ठ २८ वैशाख २०८१ १३:२३
12
SHARES
सुरु भयो एमाले संसदीय दलको बैठक [फोटो फिचर]

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। संसद्को बर्खे अधिवेशनमा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बसेको हो। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराइरहेका छन्।

आजको संसदीय दलको बैठकमा पहिलोपटक एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका छन्। हालै सम्पन्न उपनिर्वाचनबाट उनी निर्वाचित भएका हुन्। उनी आज पहिलोपटक सांसदको हैसियतमा संसद् बैठकमा पनि सहभागी हुँदैछन्।

संसद् बैठक आज दिउँसो २ बजेदेखि सुरु हुँदैछ। आजको बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ।

आजको बैठकमा कांग्रेसले लामिछानेलाई दलको नेताको हैसियतमा बोल्न दिने र त्यसपछि संसदीय छानबिनको माग राखेर संसद् अवरोध गर्ने निर्णय गरिसकेको छ। केहीबेर अघि कांग्रेसको संसदीय दलको बैठक बसेको थियो। एमाले कांग्रेसले व्यक्ति केन्द्रित गरेर संसदीय छानबिन समिति गठनको माग गर्नुलाई सत्ता बाहिर हुँदा अत्तालिएको आरोप लगाउँदै आएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =