कोशीमा बजेट अधिवेशन आह्वान

हिमाल प्रेस २८ वैशाख २०८१ १४:१४
6
SHARES
कोशीमा बजेट अधिवेशन आह्वान

काठमाडौँ- कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभाको पाँचौँ अधिवेशन यही वैशाख ३१ गते बिहान ११ बजे सुरु हुने गरी आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०८१ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =