स्थानीय सेवा सम्बन्धी विधेयक पारित

हिमाल प्रेस १८ पुष २०८० १०:२६
4
SHARES
स्थानीय सेवा सम्बन्धी विधेयक पारित

इटहरी- कोशी प्रदेशसभाले स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरू सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलबारको प्रदेशसभा बैठकले विधेयक पारित गरेको हो । कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १०७ बमोजिम मुख्यमन्त्री केदार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले उक्त प्रस्ताव सदनमा पेस गरेका थिए।

मन्त्री राईले विधेयकमाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै विधेयकले सुशासन र जनशक्ति परिपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। विधेयकले स्थानीय तहमा न्याय सम्पादन र सूचना प्रणालीलाई व्यवस्थित गर्न मद्दत गर्ने उनले बताए।

न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफल भइ आएको सो विधेयकबारे कोशी प्रदेशसभा सदस्यद्वय रेवतीरमण भण्डारी र प्रदीप सुनुवारले आफनो धारणा राखेका थिए।

तर, उक्त विधेयकप्रति स्वास्थ्यकर्मीहरूले भने विरोध जनाएका छन्। उनीहरूले प्रदेशसभाभित्र विधेयक पारित हुँदैगर्दा प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित: १८ पुष २०८० १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =