कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते आह्वान

हिमाल प्रेस १२ असोज २०८० १९:४१
10
SHARES
कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते आह्वान

इटहरी- कोशी प्रदेशसभाको चौँथो अधिवेशन १७ गतेका लागि आह्वान भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको हो।

‘कोशी प्रदेश मन्त्रीपरिषदको मिति २०८०।०६।११ गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गरेका हुन्। प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अधिवेशनबारे जानकारी गराएका हुन्।

यसअघि भदौ ६ गते कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिएपछि अन्त्य भएको थियो।

प्रकाशित: १२ असोज २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =