द्वन्द्वकालमा आफन्त गुमाउनेको कथा ‘खती’

हिमाल प्रेस २२ वैशाख २०८० १२:०७
118
SHARES
द्वन्द्वकालमा आफन्त गुमाउनेको कथा ‘खती’

काठमाडौँ- डीआर सुजनको स्वरमा ‘खती’ बोलको गीत सार्वजनिक भएको छ। गीत आज (शुक्रबार) बोध अनलाइन टीभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

विमला हुमागाईंको शब्द रहेको गीत गायक सुजनकै संगीत र निर्देशनमा बनेको छ। गीतमा विनोद बाजुरेलीको संगीत संयोजन छ।

गीतमा द्वन्द्वकालमा आफन्त गुमाउने पीडितहरूको कथा देखाउन खोजिएको छ।

गीतको भिडियोमा रीता केसी, बोध श्री, डीआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय छ। भिडियो विवेक सुनारले सम्पादन गरेका हुन्।

प्रकाशित: २२ वैशाख २०८० १२:०७

प्रतिक्रिया

One thought on “द्वन्द्वकालमा आफन्त गुमाउनेको कथा ‘खती’

  1. कृष्ण सिंह पेला दाजु का मार्मिक शब्द मा तिलक सिंह पेला सर कै स्वर भरिनु यो गीत सङ्गीत कै दुनियाँ मा विश्व समुदाय मा उचाइ थपिनु हो। अद्भुत अद्वितीय आवाज का धनी तिलक सर लाई अनगिन्ती बधाई तथा गर्व गर्दछु। जय होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =